Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

विद्यालयमा ताला लाउँदैमा शिक्षा क्षेत्रको सुधार हुँदैन : नेतृ भुसाल

विद्यालयमा ताला लाउँदैमा शिक्षा क्षेत्रको सुधार हुँदैन : नेतृ भुसाल

  • 1.3K
    SHARES
  • विद्यालयमा ताला लाउँदैमा शिक्षा क्षेत्रको सुधार हुँदैन  : नेतृ भुसाल

    काठमाडौं । माओवादी (केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारे हात लाएर मात्र सरकारी शिक्षा मजवुत नहुने धारणा राखेकी छिन् ।

    images

    शुक्रबार अखिल (क्रान्तिकारी)को केन्द्रिय कार्यालय टिमको बैठकमा बिध्यार्थी नेताहरूलाई प्रशिक्षणात्मक निर्देशन दिँदै नेतृ भुषालले यस्तो धारणा राखेकी हुन् ।

    सरकारी  र सर्वजनिक शिक्षालाई  महत्व दिने पार्टीको निति हुँदा हुँदै पनि सरकारी शैक्षिक संस्थालाई बलियो नबनाई र आम मानिसमा आकर्षण पैदा नगराई  निजी शिक्षाको पुर्ण विकल्प तयार हुन नसक्ने  धारणा राखेको अखिल (क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए ।

    उपाध्यक्ष भुषालले उपत्यककाका सरकारी र सामुदायिक स्कुललाई  निजी सरह गुणस्तरिय बनाउन के-के गर्यो भन संभव छ ।त्यो योजना बनाएरै अघि बढ्न बिध्यार्थी नेताहरुलाई निर्देशन दिएको मैनालीले जानकारी दिए ।

    माओवादीको ३ महिने अभियानको समिक्षा गरएको बैठकमा पहिलो चरणमा उपत्यकाका सबै सरकरी शिक्षण संस्थालाई निजी सरह प्रतिश्पर्धि हुने गरि बनाउन कार्ययोजना बनाएरै अघि बढ्न नेतृ भुषालले निर्देशन दिएकी छिन् ।

    अखिल (क्रान्तिकारी)ले  बिबाद समाधान गरेर संगठन एक भएको घोषणा गरेपछिको पहिलो औपचारिक बैठकले संगठनमा जिम्मेवारी , बढुवा लगायत बबिध बिषयमा एकमत निर्णय गर्दै  पार्टीले संचालन गरेको मैनालीले जानकारी दिए ।

    बैठकमा इन्चार्ज हिमाल शर्माले चाडबाडको समयमा समेत फरक शैलिमा अभियान जारी राख्न  क्रान्तिकारीका नेता टोलीलाई निर्देश गरेको  मैनालीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology