Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सिन्धुमा अति नै भयो !

सिन्धुमा अति नै भयो !

  • 1.3K
    SHARES
  • सिन्धुमा अति नै भयो !

    आशा असारमा ठुलो, 
    गरेथ्ये देशबासीले
    उत्साह  साथ  रोपाइँ ,
    गर्ने तयारीमा थिए !

    आषाढ  मासको पैलो,
    गते संक्रान्तिको दिन
    मेलम्ची भलबाढीले,
    पुरियो यसरी किन ?

    किन हो सिन्धुमा यस्तो ?
    आपत्तिले सताउँछ ?
    बारबार नदी आई ,
    बस्ती सारा बगाउँछ । 

    जनजीवनका  दुःख,
    हिमालीमा कतिकति !
    भूकम्प पनि आएर,
    सिन्धुपाल्चोक लडाउँछ ।

    मेलाम्चीमा डुबाएर,
    गर्यो भौतिकता क्षति !
    उठलान् यी कही फेरि,
    कहाँ पूर्ती हुने क्षति ?

    कतै श्रीमाननै बग्दा,
    श्रीमतीको वियोग भो !
    छोरा छोरी बगे जम्मै,
    के भयो घरबार त्यो ?

    घरका मूली पाइन्नन्,
    अत्तोपत्तो कहाँ छ र ?
    नानी बाबु र बच्चा छन्
    गर्छ रे ! देखभाल को ?

    मान्छेका आँसु थामिन्नन् , 
    च्याँ च्याँ चिंची छ घर्घर !
    प्रेमका चुडिए माला,
    खोलाकै सब राज छ ।

    यतैछन् पेटका लागि,
    मुम्मै दिल्ली उडाउने,
    दु:खमा कष्टका पीडा,
    दिई फेरि रूलाउने !

    उठाउ प्रकृति  सिन्धू,
    के छ ? पाल्चोकको मूल,
    गर्दैनन् भन्दछन् ईश,
    कसैमा पनि यो भूल ! 

    भोकले रोगले दुख्नु,
    स्वाभाविकै भए पनि ,
    बिपत्तीहरूको पीडा ,
    असह्य अरू भैदिने !

    हेलम्वू  देशको स्वर्ग,
    नारकीय बन्यो किन ?
    सिन्धुपाल्चोकका पीडा ,
    कसरी निपटिन्छन !

    भगवान भरेसामै 
    देश यो बस्नु पर्दछ ।
    राज्यको यो ब्यबस्थाले ,
    देशको शीर झुक्दछ !

    नपुगे  दृष्टि  सिन्धूमा ,
    पुर्याउ अधिकारको !
    केही मलम लैजाऊ,
    सिन्धुमा अति नै भयो ! 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij