Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कैलाश गाउँपालिकामा ‘बर्थिङ सेन्टर’ सञ्चालन

कैलाश गाउँपालिकामा ‘बर्थिङ सेन्टर’ सञ्चालन

  • 158
    SHARES
  • कैलाश गाउँपालिकामा ‘बर्थिङ सेन्टर’ सञ्चालन
    मकवानपुर । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका वडा ७ रहेको स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर तथा भिडियो एक्सरे सेवा’सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको सो नयाँ बर्थिङ सेन्टरमा पहिलो दिन ४० गर्भवतीले आफ्नो गर्भावस्था परीक्षण गराएका थिए । 
     
    गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले उक्त सेन्टरको शुुभारम्भ गर्दै चेपाङ र तामाङ समुदायका महिलालाई लक्षित गरेर  सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए। 
     
    सो सेन्टरमा हेटौँडा अस्पतालका डा.विदुर भण्डारीले पनि सेवा प्रदान गर्नुहुने जनाइएको छ । गाउँपालिकाको स्वास्थ्य संयोजक कृष्णकुमार यादवले पालिकामा वडा नम्बर २, ३, ५, ८, ९ मा यसअघिनै बर्थिङ सेन्टर सञ्चालन भइसकेको जानकारी दिए। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij