Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कंगोमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४७ पुग्यो

कंगोमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४७ पुग्यो

  • 231
    SHARES
  • कंगोमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४७ पुग्यो

    एजेन्सी । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगाेको इक्वेटर प्रान्तमा चार दिनअघि झण्डै ३०० यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

    यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाए अनुसार कंगाे नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने, एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना बताइएको छ ।

    आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले  २६१ जना बेपत्ता भएको उल्लेख गरेका छन् ।

    घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई  कडा कारबाही गरिने बताएका छन् । प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा शुक्रबार अबेर कंगाे नदीमा रहेको प्रान्तको बन्दरगाह शहर एमबन्दका बाट ३०० किलोमिटर टाढा रहेको बोलोम्बाको लागि छुटेको थियो । यात्रुहरूको संख्या एकिन हुन सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij