वेबटिभी खबर
मनहरी । बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले संविधानको भावना र मर्मअनुरुप प्रदेश सरकारले काम गरिरहेको बताए ।
हेटौँडामा मन्त्री श्रेष्ठले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा पत्रकार भेटघाट कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश सरकार संघीयतालाई कार्यान्वयन गर्दै प्रदेश निजामती ऐन पारित गरी कर्मचारी व्यवस्थापन र परिचालनमा जुटेको बताए ।
ऐन कार्यान्वयन गरेर दुई जना कर्मचारीलाई ११औँ तहमा बढुवा गरेको मन्त्री श्रेष्ठले सुनाए । प्रदेशमा तामाङ र नेपाल भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न संसद्बाटै ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए ।
गठबन्धन सरकारले गरेको प्रतिबद्धता अनुरुप भदौ मसान्तसम्म प्रहरी समायोजन गर्नुपर्नेमा तिहारअघि उक्त प्रतिबद्धताअनुरुप काम हुने विश्वाससमेत लिइएको मन्त्री श्रेष्ठले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij