Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

शिक्षाको व्यापार बन्द गर भन्दै प्रदर्शन [फोटोफिचर]

शिक्षाको व्यापार बन्द गर भन्दै प्रदर्शन [फोटोफिचर]

  • 1.0K
    SHARES
  • शिक्षाको व्यापार बन्द गर भन्दै प्रदर्शन [फोटोफिचर]

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एमफिल र विद्यावारिधी (पीएचडी) को पढाइ निःशुल्क हुनुपर्ने माग गर्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । यसैक्रममा त्रिवि विद्यार्थी संघर्ष समितिमा आवद्ध विद्यार्थीहरूले आइतबार त्रिवि उपकुलपतिको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । 

    images

    समितिले कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा राज्यको लगानीमा उच्च शिक्षा सुनिश्चित हुनुपर्ने माग राख्दै उपकुलपति कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । उनीहरूले एफफिल र पीएचडीको पढाइलाई वैज्ञानिक र नियमित बनाउनसमेत माग गरेका छन् । ग्र्याजुयट स्कुल अफ सोसल साइन्सको पनि माग राख्दै प्रदर्शन गरिएको विद्यार्थीहरूले जनाएका छन् ।

    सरकारले आफ्नो स्वामित्वमा रहेको विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधारमा नजरअन्दाज गरेर विद्यार्थीहरूलाई निजी विश्वविद्यालयमा धकेलिरहेको भन्दै त्रिविलाई नेपालकै प्रतिष्ठित शैक्षिकसंस्थाका रूपमा चिनाउने गरी योजना ल्याउन माग गरेका छन् । आन्दोलित विद्यार्थीहरूले विश्वविद्यालयलाई राजनीतिक अखडा नभई शैक्षिक थलोको रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    tu .jpg

    tu1.jpg

    tu3.jpg

    tu4.jpg

    tu5.jpg

    tu6.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology