Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

इसीडीका शिक्षक भन्छन्-न्युनतम श्रमको पारिश्रमिक ग्यारेन्टी गर

इसीडीका शिक्षक भन्छन्-न्युनतम श्रमको पारिश्रमिक ग्यारेन्टी गर

  • 9.0K
    SHARES
  • इसीडीका शिक्षक भन्छन्-न्युनतम श्रमको पारिश्रमिक ग्यारेन्टी गर

    भोजपुर । षडानन्द नगरपालिकामा रहेका सम्पूर्ण विद्यालयमा कार्यरत बाल शिक्षक तथा कर्मचारीले तलब बृद्धिको माग गर्दै नगरपालिकाको पाचौँ नगरसभालाई अवरुद्ध गरेका छन् । उनीहरूले नगरसभालाई करिब तीन घण्टा अबरुद्ध गर्दै तलब वृद्धिको माग गरेका हुन् । 

    images

    मागहरू बारम्बार राखे पनि पालिकाबाट बेवास्था गरेपछि पुनः विरोध गर्नु परेको विद्यालय कर्मचारी तथा बाल शिक्षक समितिमा सचिव अम्बर राईले जानकारी दिए । नेपाल सरकारले तोकेको न्यूनतम परिश्रमिकसम्म नपाएको र अर्थमन्त्रीबाट बजेट भाषणमा १५ हजार पुर्याईने भनिएको तलबमा समेत नगरपालिकाले आनकानी गरेको उनीहरूको अरोप छ । 

    तलब संघीय सरकारबाट मासिक दुई हजार र स्थानीय सरकारबाट बाँकी रकम थपगरी न्यूनतम तलब १५ हजार पुर्याउनुपर्ने माग पत्रमा उल्लेख छ । नगरपालिकाले सो मागको सम्बोधन नगरेपछि विरोध गर्नु परेको सचिव राईको भनाइ छ ।

    अन्दोलनमा उपस्थित सावित्रा माविमा कार्यरत कार्यलय सायक लेखापाल सन्तोष राई भन्छन्, ‘विद्यालयको प्रशासनिक काम मात्र हैन मैले पाँच पिरियड पढाउनुपर्छ तर पनि न्यूनतम तलब पाइनँ ।  म त एउटा प्रतिनिधि पात्र हुँ । म जस्ता सयौँ छन् । सकारले नै वेवस्ता गरेपछि हाम्रा पीडा कस्ले बुझ्ने ?' 

    नगरपालिकाको तर्फबाट मागको सम्बोधन गर्ने क्रममा वडा अध्यक्षहरूको प्रतिनिधित्व गर्दै वडा-८ का वडा अध्यक्ष किशोर राईले संघीय सकारबाट परिपत्र नआएको र कुनै जानकारी प्राप्त नभए पनि तलब बृद्धि गर्ने आश्वासन दिए । नगपालिकाका मेयर वीरबल राईले पनि सोहि कुरालाई जोड दिदै तलब बुद्धि गर्ने आश्वासन दिएका छन् ।

    शिक्षकहरूले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने समेत बताएका छन् । 

    विद्यार्थीलाई पढ्ने बानी बसाल्न यस्तो उपाय विद्यार्थीलाई पढ्ने बानी बसाल्न यस्तो उपाय

    बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार पुर्याइयो बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार पुर्याइयो

    तोकिएको तलब नपाएपछि ईसीडी शिक्षक आन्दोलित तोकिएको तलब नपाएपछि ईसीडी शिक्षक आन्दोलित

    शिक्षाको व्यापार बन्द गर भन्दै प्रदर्शन [फोटोफिचर] शिक्षाको व्यापार बन्द गर भन्दै प्रदर्शन [फोटोफिचर]

    शिक्षकलाई पनि ५ दिन पर्यटन काज बिदा  शिक्षकलाई पनि ५ दिन पर्यटन काज बिदा 

    तलब घटाएपछि बाल शिक्षक तथा कर्मचारी आन्दोलित तलब घटाएपछि बाल शिक्षक तथा कर्मचारी आन्दोलित

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology