Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

दिल्लीमा प्रदूषण बढेपछि विद्यालय बन्द गर्ने सरकारको निर्णय 

दिल्लीमा प्रदूषण बढेपछि विद्यालय बन्द गर्ने सरकारको निर्णय 

  • 92
    SHARES
  • दिल्लीमा प्रदूषण बढेपछि विद्यालय बन्द गर्ने सरकारको निर्णय 

    नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा प्रदूषण बढेको भन्दै सरकारले ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रदूषणको मात्रा निकै बढेकाले साना बालबालिकाको स्वास्थ्यमा असर नगरोस् भनेर विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । 

    images

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सरकारले आगामी नोभेम्बर १० तारिखसम्म कक्षा ५ सम्मको पढाई बन्द रहने र ६ कक्षादेखि १२ कक्षासम्मको लागि अनलाइन कक्षा संचालन गर्न सकिने विकल्प दिएको छ । 

    दिल्लीका शिक्षा मन्त्री आतिशीले सामाजिक सञ्जालमार्फत यसको जानकारी सार्वजनिक गरेका छन् । यसअघि दिल्ली सरकारले दुई दिन विद्यालय बन्द हुने घोषणा गरेको थियो । तर प्रदूषणको मात्रा बढेपछि बिदा बढाउने निर्णय गरिएको हो ।

    दिल्ली सरकारले वायु प्रदूषणलाई रोक्न बिहीबारदेखि राजधानी क्षेत्रमा अतिआवश्यक बाहेक सबै निर्माण कार्य बन्द गरेको छ । त्यसैगरी राजधानी भित्र डिजलबाट चल्ने ट्रकहरूको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

  • सम्बन्धित विषय:

  • # वायु प्रदूषण

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology