Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

संखुवासभामा एक हजार सात सयमा डेंगु संक्रमण

संखुवासभामा एक हजार सात सयमा डेंगु संक्रमण

  • 89
    SHARES
  • संखुवासभामा एक हजार सात सयमा डेंगु संक्रमण

    खाँदबारी । पूर्वी हिमाली जिल्ला संखुवासभामा डेंगु संक्रमितको संख्या एक हजार सात सय पुगेछ । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ ।

    images

    महाशाखाले संखुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेंगु संक्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा‍.रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेंगुका बारेमा जनचेतना दिन, स्कूल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेंगु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताए ।

    साउन र भदौ महिनामा मात्रै डेंगु संक्रमितको संख्या एक हजार सात सय १० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार संखुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा संक्रमित देखिएका छैनन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology