कञ्चनपुर । दोस्रो लालझाडी कप फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु भएको छ । लालझाडी गाउँपालिकाको समन्वय तथा खेलकुद विकास समिति लालझाडीको आयोजनामा प्रारम्भ भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले उद्घाटन गरेका हुन् ।
त्यस अवसरमा उनले खेलकुदका पूर्वाधार बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष निर्मल रानाले खेलकुदका पूर्वाधार निर्माणलाई आफूले प्राथमिकतामा राखेको बताए ।
आजदेखि दुई सातासम्म सञ्चालन हुने प्रतियोगितामा २४ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितमा प्रथम हुने टोलीलाई दुई लाख ५५ हजार पाँच सय ५५ र द्वितीय हुनेलाई एक लाख ५५ हजार पाँच सय ५५ प्रदान गरिने छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्तालाई पाँच हजारका दरले पुरस्कृत गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेलाई रु एक हजार एक सय प्रदान गरिने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology