Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

भूकम्पले सबै विद्यालय भत्काएपछि विद्यार्थीको पढाइ अन्यौलमा 

भूकम्पले सबै विद्यालय भत्काएपछि विद्यार्थीको पढाइ अन्यौलमा 

  • 160
    SHARES
  • भूकम्पले सबै विद्यालय भत्काएपछि विद्यार्थीको पढाइ अन्यौलमा 

    जाजरकोट । गत कात्तिक १७ गते गएको भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोटको बारेकोटमा एउटै विद्यालय पनि सग्लो अवस्थामा छैन । बारेकोटमा मानवीय क्षति नभए पनि भौतिक क्षति भने व्यापक छ । 

    बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले विद्यालय कुनै पनि सग्लो अवस्थामा नरहेको बताए । अन्य ठाउँका विद्यालय चर्केको भए पनि बारेकोटका सबै विद्यालय भत्केका छन् । बारेकोटमा मात्र ४४ विद्यालयका तीन सय १७ कक्षाकोठा ध्वस्त भएपछि विद्यालय सञ्चालन हुन नसकेको गाउँपालिकाका अध्यक्ष गिरी बताउँछन् । 

    विद्यालयको एक सय १९ वटा शौचालयसमेत काम नलाग्ने गरी भत्किएको छ । विद्यालय भवन भत्केका कारण पढाइ हुन सकेको छैन । गिरीले तत्काल एक सय ७३ वटा आपत्कालीन सिकाई केन्द्र निर्माण भएमा मात्र कक्षा सञ्चालन गर्न सकिने बताए । विद्यालय भवन भत्कँदा नौ  हजार आठ सय ६६ विद्यार्थीको पढाइ अवरुद्ध भएको गिरीले जानकारी दिए । 

    जाजरकोट जिल्लाभरिमा भूकम्पका कारण चार सय २३ विद्यालयमा क्षति भएको छ । भेरीमा ५५, नलगाडमा ७१ , छेडागाडमा ५३, कुशेमा ५५, शिवालयमा ४०, जुनिचाँदेमा ६५ विद्यालयमा क्षति भएको सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञश्वर खत्रीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij