वेबटिभी खबर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सरकारी वकिलको बहस बुधबार पनि जारी छ । बुधबार सरकार पक्षबाट १५ मिनेट समय ताकिएका सहन्यायाधिवक्ता गोपाल प्रसाद रिजालले बहस सुरु गरेका छन् ।
बुधबार ५५ मिनेटभित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरू रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्वव प्रसाद पुडासैनी र उन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।
सरकारी वकिलले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यावसायीले बहस गर्नेछन् । प्रधानमन्त्रीका कानुन व्यावसायीलाई बहसका लागि ७ घण्टा समय तोकिएको छ । सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यावसायीले बहस गर्नेछन् ।
सभामुखका कानुन व्यावसायीका तर्फबाट बहस सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट जवाफी बहस हुनेछ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij