Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

शिक्षक धर्नाका कारण बन्द रहेको हरिपुर्वाका विद्यालय १३ दिनपछि खुले  

शिक्षक धर्नाका कारण बन्द रहेको हरिपुर्वाका विद्यालय १३ दिनपछि खुले  

  • 255
    SHARES
  • शिक्षक धर्नाका कारण बन्द रहेको हरिपुर्वाका विद्यालय १३ दिनपछि खुले  

    सर्लाही । तलब नपाएपछि विद्यालय बन्द गरेर धर्नामा बसेका हरिपुर्वा नगरपालिकाका शिक्षकले मंगलबारदेखि पठन पाठन सुरु गरेका छन् । 

    images

    नगर प्रमुख विनोद साह र शिक्षा शाखा प्रमुखले प्रमुख प्रशासकीय अधिकृत हाजीर भएलगत्तै तलब दिने आश्वासनमा शिक्षकहरुले धर्ना स्थगित गरेका हुन् । मंसिर ६ गतेदेखि विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षकले १३ दिनपछि विद्यालयमा पठन पाठन सुरु गरेका हुन । 

    केश्वर गरिब जनता माविका शिक्षक पवनकुमार झाले नगरप्रमुख र शिक्षा शाखा प्रमुखको आश्वासनमा नगरभित्रका सबै विद्यालय संचालन गरिएको जानकारी दिए । १० कक्षाका विद्यार्थीको एसइइ परीक्षाको फर्म भर्नुपर्ने र ११ कक्षामा रजिष्ट्रेशन फर्म लगायतका महत्वपूर्ण काम गर्नु पर्ने भएकाले तत्कालका लागि धर्ना स्थगित गरेर काम थालिएको झाले बताए ।

    गत मंसिर ८ गते हरिपुर्वामा वासुदेव खनाललाई प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरे पनि उनी आउने नआउने अन्यौल रहेको नगर प्रमुख साहले बताए । सोही नगरपालिकामा घर भएका खानेपानी मन्त्री महेन्द्र राय यादव र नगर प्रमुख साहबीचको टकरावले गर्दा प्रमुख प्रशासकीय अधिकृत सरुवा भए पनि आउन मान्दैनन । नगर प्रमुख साहले चाहेको व्यक्तिलाई मन्त्री यादवले रोक्ने र मन्त्रीले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई नगर प्रमुखले आउने नदिने क्रम चलिरहेको छ । 

    दुई नेताको लडाईंले गर्दा त्यहाँका जनता र शिक्षक कर्मचारी भने पीडित भएका छन् । 

    तलब नपाएपछि विद्यालय बन्द गरेर धर्नामा बसे शिक्षक  तलब नपाएपछि विद्यालय बन्द गरेर धर्नामा बसे शिक्षक 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology