Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

घाम डुबेपछि डोल्पाका टेलिफोनमा ‘लोडसेडिङ’

घाम डुबेपछि डोल्पाका टेलिफोनमा ‘लोडसेडिङ’

  • 100
    SHARES
  • घाम डुबेपछि डोल्पाका टेलिफोनमा ‘लोडसेडिङ’

    जाजरकोट । डोल्पामा घाम डुबेलगत्तै टेलिफोन चल्न छाडेपछि स्थानीयले निकै सास्ती खेप्नु परेको छ । टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिन्छ । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम्रोसँग काम नगर्दा यहाका  जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले उपभोग गर्न पाएका छैनन् । मंसिर महिना सुरु भएसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरु अवरुद्ध हुन थालेका हुन् ।

    images

    हिमाली क्षेत्रमा चिसो बढेसँगै टावर पनि आउनेजाने हुन थालेको त्रिपुराकोट निवासी दुर्गाप्रसाद देवकोटाले बताए । एक महिनायतादेखि साँझसम्म आउने फोनको टावर बिहान उठ्दाखेरि एकाएक गायब हुन थालेको उनको भनाइ थियो । 

    ‘आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भौगोलिक वनावट र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्छ, फोन र इन्टरनेट भैदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ,’ देवकोटाले भने ।

    प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उनको भनाइ थियो । डोल्पालवासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले टावरलाई कसरी हुन्छ जुनसुकै बेला पनि चल्ने बनाउन उनले आग्रह गरे । रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ । त्रिपुराकोटको टावर केही महिना अघिमात्रै सञ्चालन भए पनि रसी र जुफालको टावरमा भने ऊर्जाको समस्या रहेको नेपाल टेलिकम जिल्ला शाखाका अधिकृत जयलाल बुढाथोकीले बताए ।

    विद्युत् पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मंसिरयता यहाँका विभिन्न टावरमा समस्या आइरहेको उनको भनाइ थियो  । रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हटथ्यो तर रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युत्बाट पोलसमेत गाडिए पनि विद्युत् सञ्चालन नभएपछि बत्ती भने जान सकेको छैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology