Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

मलमा कालोबजारी, किसान चर्को मूल्यमा किन्न बाध्य 

मलमा कालोबजारी, किसान चर्को मूल्यमा किन्न बाध्य 

  • 204
    SHARES
  • मलमा कालोबजारी, किसान चर्को मूल्यमा किन्न बाध्य 

    सर्लाही । अहिले सर्लाही सहित तराई मधेशमा धान भित्र्याएर गहुँ तथा मकै बाली लगाउने बेला मल खादको माग बढेको छ । तर सरकारले उपलब्ध गराउने मल पर्याप्त नहुँदा सर्लाहीका सबै ठाउँमा डिएपी मलको चरम अभाव देखिएको छ ।

    images

    नेपाल सरकारले अनुदानमा कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीमार्फत स्थानीय सहकारी तथा कृषि समुह डिलरलाई मल दिने गरे पनि मागअनुसार उपलब्ध हुन सकेको छैन । सर्लाही सदरमुकाम मलंगवा स्थित साल्ट ट्रेडिङ कम्पनी तथा नवलपुरमा रहेको कृषि सामग्री कम्पनीले गहुँ बाली लगाउने समयमा प्रति वडा ५५ बोरादेखि सय बोरासम्म डिएपी मल डिलरलाई उपलब्ध गराएका कारण किसान कालोबजारमा चर्को मूल्य हालेर मल किन्न बाध्य छन् । 

    सर्लाहीको हरिपुर्वा नगरपालिकाको ९ वटा वडाका करिव ७ हजार ४ सय घरधुरीमध्ये झण्डै ९० प्रतिशत कृषि क्षेत्रमा लागेका छन् । कृषि शाखा प्रमुख प्रभु चौधरीले अधिकांशले कृषि पेशा गर्दै आएको बताए । तर हरिपुर्वाका लागि पठाइएकाे मल किसानकाे मागकाे तुलनामा निकै कम छ । साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामग्री कम्पनीबाट गहुँ बालीका लागि हरिपुर्वा नगरपालिकामा जम्मा डिएपी मल एक हजार चार सय चालीस बोरा मात्र आएको कारण डिलरहरूले प्रति किसान २५ किलो मल पनि उपलब्ध गराउन नसेकेको हरिपुर्वा–२ मा रहेको जय गणराज साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गणेश कुमार यादव बताउँछन् ।

    डिलरमा मल नपाए पनि किराना पसल तथा एग्रोभेट पसलमा भने कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङको मल पर्याप्त पाइन्छ । प्रति बोरा ३ हजारदेखि ३ हजार ५ सय सम्ममा मल खरिद गर्न किसान बाध्य भएको हरिपुर्वा नगरपालिका–१ का रामविश्वास रायले गुनासो गरे । मलको चरम अभाव भएको र माग निकै बढेको मौका छोपेर कालोबजारी गर्ने समूह सक्रिय भएका छन् । किसानले महँगो मूल्यमा गुणस्तर मापन नभएका मलसमेत किन्नु परेको अवस्था छ ।

    नेपाल भारत खुला सीमा आसपासका व्यापारीहरू भारतीय मललाई नेपाली बोरामा प्याक गरेर किसानलाई चर्को मूल्यमा बेचे पनि सम्बन्धित निकायले चासो दिएको छैन । यसरी बेचिने मलको गुणस्तर परीक्षण भएको हुँदैन । जसले गर्दा बाली राम्रो नहुने, खेतको माटो बिग्रिने जस्ता समस्या आउँछ । कृषि प्रधान देश भनिए पनि सरकारले गुणस्तरीय मल सहज आपूर्ति गर्न नसक्दा किसान मारमा परेका छन् । तस्बिर : माेटरसाइकलमा मल लैजाँदै किसान

  • सम्बन्धित विषय:

  • # मल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology