Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

१५ बिघामा लगाइएको गाँजा खेती नष्ट 

१५ बिघामा लगाइएको गाँजा खेती नष्ट 

  • 225
    SHARES
  • १५ बिघामा लगाइएको गाँजा खेती नष्ट 

    सर्लाही । सर्लाही प्रहरीले १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको करिब १५० जनाको प्रहरी टोली सर्लाहीको चुरे डॉडा क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४ नारायणखोलामा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।

    images

    नारायणखोलामा प्रत्येक वर्ष प्रहरीले गाँजा फडानी गरे पनि गाँजा खेती हुन छोडेको छैन् । नारायणखोलामा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेको बताइन्छ ।

    गाँजा तयार भएपछि भारत र नेपालका विभिन्न बिक्री हुने गर्छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले लागु औषध कारोवारलाई रोक्न गाँजा खेती नष्ट गर्न अभियान नै सुरु गरिएको बताए ।

    सर्लाही प्रशासनले गाँजा खेती नष्ट गर्न अभियान नै सुरु गरेको हुदाँ सूचना प्राप्त भए सम्म गाँजा लगाइएको क्षेत्र देखे सम्म निरन्तर फडानी हुने प्रजिअ धमलाले जानकारी दिए ।

    छेउछाउमा अन्य बाली लगाएर नदेखिनेगरी भित्र गाँजा खेती हुने गरेको प्रहरीले जनाएको छ । गाँजा खेतीमा भारतीय नागरीकको समेत संलग्ता भएको प्रहरी बताउँछ ।

  • सम्बन्धित विषय:

  • # गाँजा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology