Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

एसिसी यु-१९ एसिया कप : अफगानिस्तानद्वारा नेपाललाई २६२ रनको लक्ष्य

एसिसी यु-१९ एसिया कप : अफगानिस्तानद्वारा नेपाललाई २६२ रनको लक्ष्य

  • 86
    SHARES
  • एसिसी यु-१९ एसिया कप : अफगानिस्तानद्वारा नेपाललाई २६२ रनको लक्ष्य

    काठमाडौं । एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि दुई सय ६२ रनको लक्ष्य दिएको छ । युनाइटेड अरब इमिरेटस् (युएई) को दुबईमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।

    images

    अफगानिस्तानले ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६१ रन बनायो । अफगानिस्तानका लागि जाम्शिद जद्रानले शतकीय पारी खेले । उनने एक सय ५२ बल खेल्दै आठ चौकाको मद्दतमा एक सय ६ रनको योगदान दिए ।

    यस्तै नौमान साह अघाले ६० रन बनाए । उनले ४१ बल खेल्ने क्रममा पाँच चौका र तीन छक्का प्रहार गरे । यसैगरी राहिमुल्लाह जुरमातीले ३५, वाफिउल्लाह ताराखिलले १५ तथा खालिद तानिवालले १० रन बनाए ।

    बलिङतर्फ नेपालका लागि हेमन्त धामी, गुलशन झा र सुभाष भण्डारीले दुई/दुई तथा दीपेश कँडेल र आकाश चन्दले एक/एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्म नेपालले सात ओभरमा दुई विकेट गुमाएर ३४ रन बनाएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology