Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

बर्दियाबाट २९ तोला सुनसहित दुईजना पक्राउ

बर्दियाबाट २९ तोला सुनसहित दुईजना पक्राउ

  • 103
    SHARES
  • बर्दियाबाट २९ तोला सुनसहित दुईजना पक्राउ

    काठमाडौं । बर्दियाबाट प्रहरीले २९.७६ तोला सुनसहित दुई जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा बाँके जिल्ला नेपागञ्ज उपमहानगरपालिका-१९ बस्ने २९ बर्षिय मोहन वि.क. र राप्तिसोनारी गाउँपालिका-२ का ३८ वर्षीय देबिन्द्रबहादुर घर्ती रहेका छन् ।

    images

    प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेपनि आइतवार मात्र पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । प्र-३-०१-०२३ ८१६८ नं हुण्डाई कारमा सुनका गरगहना सहित सवार रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले बारबर्दिया नगरपालिका-९ कतर्नियामा चेक प्वाइन्टमा चेकजाँच गरेको थियो ।

    चेक जाँचको क्रममा सुन जस्तो देखिने धातु ३४७.०७१० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

    स्रोत नखुलेको सुन सहित सवारी भएको सुचना पाएपछि इलाका प्रहरी कार्यालय बगनाह मोतिपुर र कतरनियाको प्रहरी टोली चेकप्वाइन्टमा खटिएको थियो ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology