Logo

२०८०, फाल्गुण १७ गते बिहिवार

२०८०, फाल्गुण १७ गते बिहिवार

भारोत्तोलन टोली कतार जाँदै

भारोत्तोलन टोली कतार जाँदै

  • 75
    SHARES
  • भारोत्तोलन टोली कतार जाँदै

    काठमाडौं । आईडब्लुएफ ग्रान्ड प्रि-२ च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ ।

    images

    मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन् ।

    प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology