Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दुई दिनदेखि हराइरहेकी किशोरीको शव जलेको अवस्थामा भेटियो  

दुई दिनदेखि हराइरहेकी किशोरीको शव जलेको अवस्थामा भेटियो  

  • 174
    SHARES
  • दुई दिनदेखि हराइरहेकी किशोरीको शव जलेको अवस्थामा भेटियो  

    नयाँ दिल्ली । भारतको पञ्जाब राज्यमा पर्ने जालन्धरमा १० कक्षा पढ्ने एक छात्रालाई जलाएर हत्या गरिएको अवस्थामा शव बरामद भएको छ । 

    कपुरथला रोडमा रहेको स्पोर्ट्स कलेज नजिकैको अर्जुन नगरमा १८ वर्षीया ती छात्राको हत्यागरी एउटा खाली कोठामा लगेर जलाइएको थियो । घटना प्रकृतिबाट हत्यापछि आगो लगाइएको हुनसक्ने प्रहरीले जनाएको छ । 

    दुई दिनदेखि हराइरहेकी रागिनीको शव फेला परेपछि आसापासका क्षेत्रमा त्रास फैलिएको छ । उनी सरकारी विद्यालयमा १० कक्षामा पढ्दै थिइन । 

    मृतक छात्राका बुबा जालन्धरमा ईरिक्सा चलाउँछन् । उनको परिवारको मूल ठेगाना उत्तर प्रदेश राज्यको बहराइच जिल्लाको कौरी गाउँ भएको खुलेको छ ।

    रागिनी पाँच सन्तानमध्ये जेठी थिइन् । उनी बेपत्ता भएपछि उनका आफन्तले मंगलबार साँझ प्रहरी चौकीमा हराएको उजुरी दिएका थिए ।

    प्रारम्भिक अनुसन्धानपछि प्रहरीले हत्या नै भएको बताएको छ । छात्राको शरीर पुरै जलेको छ तर जुत्ता भने जलेको छैन । शवको प्रकृतिबाट उनले आत्मदाह नगरेको स्पष्ट हुने प्रहरीको भनाइ छ । 

    रागिनीको शव भएको कोठाभित्रको बालुवामा 'भगवानले म जस्तो छोरी कसैलाई नदिऊन्' भनेर लेखिएको पाइएको छ । प्रहरीले यसलाई शंकास्पद मानेको छ । यसबारे अनुसन्धान गर्न फरेन्सिक टोली घटनास्थलमा बोलाइएको छ ।

  • सम्बन्धित विषय:

  • # किशोरी हत्या

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij