Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

शाहरुखको फिल्म डंकीको आम्दानी निराशाजनक

शाहरुखको फिल्म डंकीको आम्दानी निराशाजनक

  • 152
    SHARES
  • शाहरुखको फिल्म डंकीको आम्दानी निराशाजनक

    नयाँ दिल्ली । बलिउडका किङ खान शाहरुखको नयाँ फिल्म ‘डंकी’ रिलिज भएसँगै यसको चर्चा चुलिएको छ । सुपरहिट फिल्म बनाएर ख्याति कमाएका राजकुमार हिरानीले बनाएकाले पनि यो फिल्मको प्रतिक्षा दर्शकले गरेका थिए । यो फिल्मले बक्स अफिसमा पहिलो र दोस्रो दिन भारु ३५ करोड हाराहारी कलेक्सन गरेको छ । जुन शाहरुखको यसअघि रिलिज भएको जवान र पठानको भन्दा कम हो ।

    images

    बिदाको दिन शनिबार र आइतबार यसको कलेक्सन बढ्ने अपेक्षा गरिएको छ । चलचित्रले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । पठान र जवानपछि शाहरुखको यो तेस्रो ठूलो बजेट फिल्म हो । आम्दानीको हिसाबले अहिले पठान र जवानभन्दा पछाडि परे पनि यसले कमाइ बढाउने अपेक्षा भने गरिएको छ । 

    डंकीको बक्स अफिल कलेक्सन पहिलो दिनभन्दा दोस्रो दिन घट्यो । जबकी शाहरुखका अघिल्ला दुवै फिल्मले दोस्रो दिन बक्स अफिसमा बढी आम्दानी गरेका थिए । पठानले दोस्रो दिन ७० करोड र जवानले ५३ करोड कमाएको थियो ।

    राजकुमार हिरानीद्धारा निर्देशित मुन्नाभाई एमबीबीएस, पीके र थ्रि इडियट्स जस्ता ब्लकबस्टर भएका थिए । त्यसैले पनि डंकी ब्लकबस्टर हुने अपेक्षा गरिएको थियो । तर पहिलो दुई दिनको कमाइ हेर्दा डंकीले सुखद परिणाम दिन सकेको छैन । डंकीमा शाहरुख खान बाहेक तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, सतिश शाह र विक्रम कोचरले पनि अभिनय गरेका छन् । यो फिल्म १२० करोडको बजेटमा बनेको थियो ।

  • सम्बन्धित विषय:

  • # शाहरुख खान

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology