Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

आमिर खान र किरण रावको सम्बन्धविच्छेद 

आमिर खान र किरण रावको सम्बन्धविच्छेद 

  • 1.5K
    SHARES
  • आमिर खान र किरण रावको सम्बन्धविच्छेद 

    मुम्बई । बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावबीच सम्बन्धविच्छेद हुने भएको छ । यी दम्पत्तिले संयुक्त पत्र लेख्दै सम्बन्धविच्छेद गर्ने निर्णय लिएको जानकारी दिएका हुन् । किरण र आमिरको विवाह १५ वर्ष अगाडि भएको थियो । दुवैका एक छोरा छन् ।

    images

    किरण चलचित्र निर्माता एवं निर्देशक हुन् । 

    आमिर र किरणले एक विज्ञप्तिमा भनेका छन्, 'यी १५ राम्रा वर्षहरूमा हामीले एक साथ जीवनभरका अनुभवहरू, आनन्द र हाँसो बाँडेका छौं, र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेममा बढेको छ । अब हामी हाम्रो जीवनको नयाँ अध्यायमा छौं । पति र पत्नीको रूपमा होइन, तर बच्चाको आमा बुबा र परिवारको रूपमा सुरू गर्न चाहन्छौं ।'

    केही समयअगाडि नै दुवै अलग हुने निर्णय गरे पनि अहिले औपचारिक रूप दिन लागेको विज्ञप्तिमा बताएका छन् ।  

    आमिर र किरणले सन् २००५ काे डिसेम्बरमा विवाह गरेका थिए । दुवैकाे भेट फिल्म लगानकाे छायांकनका क्रममा भएकाे थियाे । सन् २०११ मा उनीहरूकाे छाेरा आजादकाे जन्म भएकाे थियाे । 

    आमिरकाे पहिलाे श्रीमती रिना दत्त थिइन्, विवाहकाे १६ वर्षपछि सन् २००२ मा उनीहरूकाे सम्बन्धविच्छेद भएकाे थियाे । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology