Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चितुवाको आक्रमणबाट युवक घाइते

चितुवाको आक्रमणबाट युवक घाइते

  • 146
    SHARES
  • चितुवाको आक्रमणबाट युवक घाइते

    कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

    मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका-३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन ।

    कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका-८ खपटी खोला नजिकै हुलाकी सडकमा  शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।

    आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ । उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए । गत वर्ष पुर्नबास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

  • सम्बन्धित विषय:

  • # युवक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij