Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने हुनपर्छ : रामचन्द्र मण्डल

पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने हुनपर्छ : रामचन्द्र मण्डल

  • 151
    SHARES
  • पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने हुनपर्छ : रामचन्द्र मण्डल

    जनकपुर । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले निष्पक्ष पत्रकारिता लोकतन्त्रको मेरुदण्ड हो भन्दै पत्रकारिता क्षेत्रको प्रबर्द्धनबाटै लोकतन्त्र स्थायी भएको बताएका छन ।

    राष्ट्रिय समाचार समितिको ६३ औँ वार्षिकोत्सवका अवसरमा जनकपुरधाममा आज  सम्पन्न’सङ्घीयतामा पत्रकारिता र रासस’ विषयक विचार गोष्ठीमा सभामुख मण्डलले पत्रकारिताको संस्थागत विकासका लागि राज्यका सबै निकायको सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन ।

    ‘राज्यपक्ष पत्रकारिताको संस्थागत विकासमा सहयोगी बन्नपर्छ,’ मण्डलले भने, ‘अनि पत्रकारको भूमिका समाज सुधार र जनतालाई उत्प्रेरित गर्ने हुनपर्छ ।’

    पछिल्लो समय सञ्चार माध्यम र सामाजिक सञ्जालमा पत्रकारले पस्कदै आएका सामग्रीले कतिपय सन्दर्भमा जनतामा निरासा र  कुण्ठा भर्ने काम गरेको मण्डलले टिप्पणी गरे ।

    ‘तपाईंहरका कामले जनतामा आशा जगाउनुुपर्छ, राज्यसम्बद्ध निकायमा देखिने बेथितिको अन्दाजमा हैन, तथ्यपरक तथा खोजमूलक सूचना दिनपर्छ,’ मण्डलले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij