वेबटिभी खबर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
‘जहाँ छन् बुद्धका आँखा...’ बोलको गीतमा आचार्यको जादुमय स्वर भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । ‘कालजयी भजन र गीतहरुमा तपाईं हामीमाझ अमर रहनुहुनेछ । तीन वर्षअगाडिको उहाँसँगको भेट सम्झिरहेको छु ।’ अध्यक्ष ओलीले उनले गायक तथा संगीतकार आचार्यलाई सम्झिदै भनेका छन् ।
गायक तथा संगीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij