Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु 

सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु 

  • 345
    SHARES
  • सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु 

    सर्लाही । सर्लाहीको हुलाकी सडक खण्डमा पर्ने कौडेना गाउँपालिका-३ मा सोमबार राति जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको निधन भएको छ ।

    images

    राति करिब साढे ८ बजे भएको दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट जिल्ला माधवनारायण नगरपालिका-६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियारले जानकारी दिए ।

    घाइते दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो जीप र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सीवाई ५०८६ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको पन्जियारले बताए ।

    दुर्घटना भएकाे जीप घटनास्थलमै छाडेर चालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मृत्यु

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology