Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

  • 77
    SHARES
  • राष्ट्रिय सभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ ।

    images

    पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    ‘यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ’, सापकोटाले भने ।

    बैठकमा राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राखेका उनले जानकारी दिए ।

    राष्ट्रिय सभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदैछ । उक्त पदमा सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरिरहेका छन । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology