Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

जनशक्ति अभावले भिडियो एक्स–रे सेवा ठप्प

जनशक्ति अभावले भिडियो एक्स–रे सेवा ठप्प

  • 72
    SHARES
  • जनशक्ति अभावले भिडियो एक्स–रे सेवा ठप्प

    अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति नहुँदा भिडियो एक्स–रे सेवा सञ्चालन हुन सकेको छैन ।

    images

    छत्रदेव गाउँपालिका–२ बल्कोटमा रहेको यस प्राथमिक केन्द्रमा दुईवटा भिडियो एक्स–रे उपकरण रहेपनि दक्ष जनशक्तिको अभावमा एक वर्षदेखि सो सेवा सञ्चालन हुन नसकेको त्यहाँका प्रमुख विष्णु खनालले बताए ।

    भिडियो एक्स–रे गर्ने चिकित्सक अध्ययन बिदामा गएपछि विगत एक महिनादेखि यस्तो समस्या भएपछि सेवाग्राही भिडियो एक्स–रे गर्न जिल्ला अस्पताल सन्धिखर्क र निजी क्लिनिकमा जान बाध्य भएका छन ।

    भिडियो एक्स–रे सञ्चालन नहुँदा गर्भवती बढी मर्कामा परेका छन । चिकित्सक आरोग्य खनालले जानकारी दिए । उक्त केन्द्रमा चौबिस घण्टा प्रसूति सेवा, ओपिडी, ल्याब, बीमालगायत सेवाहरु प्रदान हुँदै आएकाले अर्घाखाँचीको छत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका र गुल्मीको छत्रकोटका बासिन्दा पनि लाभान्वित हुँदै आएका थिए ।

    जर्नल एकस–रे पनि दक्ष जनशक्तिको अभावमा सोही  केन्द्रका कार्यालय सहयोगी रेनुप्रसाद खनालले सञ्चालन गर्दै आएका थिए । तालिमको भरमा सात वर्षदेखि एक्स–रे सञ्चालन गर्दै आएकामा अहिले प्राविधिक समस्याका कारण यो पनि चालाउन नसकिएको उनको भनाइ थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology