Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

  • 79
    SHARES
  • नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित

    काठमाडौं । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको छ । यससँगै नेपालको यो लगातार दोस्रो हार हो ।

    images

    हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो ।

    नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका दिपेन्द्र सिंह ऐरीले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । खेलको तेस्रो बलमा दोस्रो रन लिने क्रममा करण केसी रन आउट भए ।

    चौथो बलमा ऐरी व्यक्तिगत ६३ रनमा बोल्ड आउट हुन पुगे । नेपाललाई जितका लागि ३ बलमा ४ रन चाहिएको थियो । उनी बोल्ड आउट हुन पुगे । दिपेन्द्रले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ६३ रन बनाए ।

    त्यसपछि उनको स्थानमा आएका प्रतिश जिसीले पाँचौ बलमा रन लिन सकेनन् । छैटौँ बलमा उनले १ रन मात्र लिए । अन्ततः नेपाल नेदरल्यान्डसँग पराजित हुन पुग्यो ।

    खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ५० रन जोडे । आशिफ शेखले २३ बलमा चार चौका र एक छक्काको मद्धतमा ३४ रन जोडे ।

    कुशल मल्ल र करण केसीले समान ११/११ रन जोडे  भने सन्दिप जोराले ८ रन बनाए ।बलिङतर्फ स्याब्रान्ड एंगेलब्रेक्ट र रोलेफ भान डर मर्वेले समान दुई/दुई विकेट लिए भने आर्यन दत्त, भिभियन किंग्मा र टिम भान डर गुगटेनले समान एक/एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो ।

    नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ३६ बल खेल्दै पाँच चौका र तीन छककाको सहयोगमा ५४ रन बनाएका हुन । त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए ।

    स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।

    बलिङतर्फ नेपालका करण केसी र कुशल मल्लले समान एक/एक विकेट लिएका थिए । नेपालले यही फागुन १८ गते नामिबियासँग खेल्नेछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology