Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

संघीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

संघीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

  • 62
    SHARES
  • संघीयता कार्यान्वयन उच्च प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

    images

    राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले  विगत चार वर्षदेखि बस्न नसकेको संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी संघीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू भएको जानकारी दिए ।

    उनले राष्ट्रिय निकुञ्ज र आरक्षण क्षेत्रमा आयोजना सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि सोको उपयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको स्पष्ट गरे ।

    धानमन्त्री दाहालले काठमाडौं-तराई मधेस दू्रतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग, जयनगर-जनकपुर-कुर्था-भगाहा रेल, सुनकोसी मरिण डाइभर्सनलगायत आयोजना र कामलाई गति दिन सरकार प्रयत्नशील रहेको बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology