Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

  • 99
    SHARES
  • हुण्डी कारोबारमा संलग्न अभियोगमा चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    images

    पक्राउ पर्नेमा चीनको संघाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    काठमाडौं उपत्यकाभित्र गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौं महानगरपालिका-२ लाजीम्पाटबाट पक्राउ गरिएको हो ।

    पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट आठ लाख तथा पाँच सय दरको नोट चार लाख बरामद गरिएको प्रवक्ता रेग्मीले बताए । उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology