वेबटिभी खबर
जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंखर पोखरेलले सरकारले पुँजीगत खर्च बढाउन नसक्नु चिन्ताको विषय भएको बताएका छन ।
आज पार्टी कार्यक्रमका लागि महोत्तरी जानुअघि जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले पुँजीगत खर्च बढ्न नसक्दा आवश्यक विकास हुन नसकेको बताएका हुन ।
‘पुँजीगत खर्च बढाउन सकिएको छैन । कर्मचारीको तलब दिन पनि ऋण लिन पर्ने अवस्था छ’, महासचिव पोखरेलले भने । उनले सुशासनलगायतका विषयमा पनि सरकारको ध्यानाकर्षण गराए ।
‘अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आउँदैछ । यस विषयमा एमालेको कुनै चासो छैन । हामी बेथितीविरूद्ध खबरदारी गरिरहन्छौँ’, पोखरेलले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij