Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

प्रधानमन्त्री ओलीसहित शीर्ष नेता र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल छलफल हुँदै

प्रधानमन्त्री ओलीसहित शीर्ष नेता र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल छलफल हुँदै

  • 724
    SHARES
  • प्रधानमन्त्री ओलीसहित शीर्ष नेता र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल छलफल हुँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेता र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भर्चुअल छलफल हुने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले मंगलबार भर्चुअल छलफल गर्ने भएका हुन् । भर्चुअल छलफल मंगलबार अपरान्ह हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

    images

    प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंकाअनुसार जुम मिटिङमार्फत हुने छलफलमा ओलीसहित नेताहरु सहभागि हुने तय भएको छ । प्रधानमन्त्री ओलीसहित उक्त भर्चुअल छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलगायत नेताहरु पनि सहभागि हुने जनाइएको छ ।

    मंगलबार हुने भर्चुअल बैठकमा दक्षिण एशियाली मुलुकमा भारतबाहेकका देशाई चिनियाँ राष्ट्रपति जिङपिङले निम्तो दिएका छन् । सबै नेताहरुलाई बोल्न पाँच मिनेटको समय दिइएको जनाइएको छ । शनिबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा सात बुँदे प्रस्ताव पारित गर्दै चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा सत्तारुढ एमालेले शुभकामना तथा बधाई व्यक्त गरिसकेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology