Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

दुई महिनापछि सुकेटार विमानस्थलमा नियमित उडान सुरु

दुई महिनापछि सुकेटार विमानस्थलमा नियमित उडान सुरु

  • 658
    SHARES
  • दुई महिनापछि सुकेटार विमानस्थलमा नियमित उडान सुरु

    ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थलमा आजदेखि नियमित नेपाल वायु सेवा निगमले उडान सुरु गरेको छ । कोभिडका कारणले नियमित उडान दुई महिना बन्द भएको थियो । 

    images

    आज काठमाडौंबाट नौ यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जनाइएको छ । 

    ताप्लेजुङबाट १२ यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ बजार फर्कीएको लिम्बूले बताए ।

    सुकेटारमा  हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ । तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले  जनाएको छ ।

    निगमले ताप्लेजुङदेखि प्रदेश नं १  राजधानी विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology