Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

शिक्षकको तलब रोक्का

शिक्षकको तलब रोक्का

  • 10.3K
    SHARES
  • शिक्षकको तलब रोक्का

    उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले विद्यालयमा नियमित उपस्थित नभएको भन्दै शिक्षकलाई स्पष्टिकरण सोधेको छ । गाउँपालिकाको शिक्षा शाखाबाट विद्यालयमा स्थलगत अनुगमन गर्दा विद्यालयमा नियमित हाजिरी नभएको पाइएकाे हाे ।

    images

    गत वैशाख १८ देखि असार १३ सम्म स्थलगत अनुगमन तथा निरीक्षण गर्दा विद्यालयमा नियमित हाजिरी नगरेको र पदिय दायित्वअनुरुप कर्तव्य निर्वाह नगरेको भन्दै पाँच दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो ।

    स्पष्टिकरण अवधिभित्र शिक्षा शाखामा अनिवार्य चित्तवुझ्दो कागजात तथा प्रमाणसहित उपस्थित हुन वा प्रअमार्फत् पेश गर्न भनिएको छ । यदि पेश नगरेको खण्डमा कानुन बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ ।

    अभिभावक, व्यावस्थापक समिति तथा केही शिक्षकबाट अत्यधिक धेरै गुनासो आएपछि अनुगमन तथा निरीक्षण गरिएको रौतामाई गाउँपालिका शिक्षा शाखा प्रमुख गोविन्द कार्कीले जानकारी दिए । 

    कार्कीकाअनुसार गाउँपालिकाभित्रका ९ वटा विद्यालयमा अनुगमन गरिएको र केहि शिक्षक लामो समयसम्म नियमित नरहेको कारणले स्पष्टिकरण सोधिएको बताए । स्पष्टिकरण बुझाउने शिक्षकको तलब निकासा गरिएको जानकारी दिए । 

    'चुच्चे नक्सा' भएको मात्रै पाठ्यपुस्तक किन्न निर्देशन  'चुच्चे नक्सा' भएको मात्रै पाठ्यपुस्तक किन्न निर्देशन 

    सोधिएका मध्ये श्री मा.वि सल्ले, पञ्चावती आधारभूत विद्यालय रमिते र बालकन्या आधारभूत विद्यालय टाट्ने विद्यालयमा कार्यरत तीनजना शिक्षकको स्पष्टिकरण आउन बाँकी रहेकोले तलब राकिएको जानकारी दिए । उक्त विद्यालयका तीन जना शिक्षकलाई अघिल्लो आर्थिक वर्षमा कम्प्युटर खरिद गर्दा अर्थिक अनियमितता गरेको आरोप पनि छ ।

    विद्यालयका लागि २० वटा कम्प्युटर खरिद गर्नु पर्नेमा २० वटा डेक्स्टप खरिद गरिएको र दुई वटा सिपियु मात्र खरिद गरि आर्थिक अनियमितता गरेको अनुगमनमा फेला परेको कार्की बताए । साथै पञ्चावती आधारभूत विद्यालय र बालकन्या आधारभूत विद्यालय अहिलेसम्म नखुलेको पनि जानकारी दिए । 

    अनुगमन गरिएका विद्यालयमा श्री मा.वि सल्ले, पञ्चावती आधारभूत विद्यालय रमिते, बालकन्या आधारभूत विद्यालय टाट्ने, श्री मा.वि माझखर्क, आधारभूत विद्यालय बोजेपानि, श्री महेन्द्र मा.वि पोखरी र श्री सरस्वती मावि माझपाटा छन् । गाउँपालिकाभित्र ४६ वटा आधारभूत विद्यालय र १४ वटा माध्यामिक विद्यालय छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology