Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको मात्र बहस बाँकी 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको मात्र बहस बाँकी 

  • 521
    SHARES
  • प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको मात्र बहस बाँकी 

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि निवेदक र विपक्षीतर्फका कानुन व्यावसायीको बहस सकिएको छ ।

    निवेदकतर्फका कानुन व्यावासासीले सोमबार सोमबार दुई बजे नै बहस सकेका हुन् । अब अदालतका सहयोगी (एमिकस क्युरी) कानुन व्यावासायीको मात्र बहस बाँकी छ । एमिकस क्युरीका लागि दुई घण्टा बहस अवधि छुट्याइएको छ ।

    एमिकस क्युरीमा सर्वाेच्च बारबाट दुई र नेपाल बार एशोशियशनबाट दुई गरी चारजना कानुन व्यावासायी तोकिएका छन् । कुनै अवरोध नभई बहस जारी रहेमा एमिकस क्युरीको बहस पनि आजै सकिन्छ । खाजा ब्रेकपछि एमिकस क्युरीको बहस सुरु हुने भएको छ ।

    बहस सकिएपछि संवैधानिक इजलासलाई निर्णय सुनाउने बाटो खुल्छ । सबै कानुन व्यावसायीको बहस सकिएपछि आजै वा भोलि नै अदालतले निर्णय सुनाउन सक्ने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij