Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतकाे काेलकाता एयरपाेर्टबाट उड्न लागेको विमानलाई अर्काे विमानले ठक्कर दियो, सबै यात्रु सकुशल

भारतकाे काेलकाता एयरपाेर्टबाट उड्न लागेको विमानलाई अर्काे विमानले ठक्कर दियो, सबै यात्रु सकुशल

  • 282
    SHARES
  • भारतकाे काेलकाता एयरपाेर्टबाट उड्न लागेको विमानलाई अर्काे विमानले ठक्कर दियो, सबै यात्रु सकुशल

    नयाँ दिल्ली । कोलकाता एयरपोर्टमा बुधबार विमान दुर्घटना हुनबाट जोगिएको छ । धावनमार्गबाट ​​गुज्रिरहेको बेला इन्डिगो एयरलाइन्सको विमान एयर इन्डिया एक्सप्रेसको विमानसँग ठोक्किएको थियो । 

    चेन्नई जान क्लियरेन्स पर्खेर रनवेमा बसेको एयर इन्डिया एक्सप्रेसको विमानलाई इन्डिगो विमानको एउटा हिस्साले ठक्कर लागेको थियो । पाइलटको लापरबाहीका कारण ठूलो दुर्घटना हुनसक्ने अवस्था देखिए पनि यो घटनामा कुनै यात्रु पनि घाइतेसम्म भएनन । 

    उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशनालयले रनवेमा क्लियरेन्स पर्खेर बसेको विमानलाई ठक्कर दिएकको भन्दै इन्डिगोका दुवै पाइलटलाई कारबाही गरेको छ । इन्डिगोको सो विमान चलाउने दुवै पाइलटलाई महानिर्देशनालयले रोस्टरबाट हटाएको छ । साथै यस विषयमा विस्तृत छानबिन गर्न महानिर्देशनालयले आदेश दिएको छ ।

    कोलकाता एयरपोर्टमा बुधबार बिहान इन्डिगोको विमान ट्याक्सी वेबाट गुज्रिरहेको बेला भएको थियो । इन्डिगोले धावनमार्गमा उड्ने तयारीमा रहेको एयर इन्डियाको विमानको एउटा भागमा ठक्कर दिएको थियो । तर ठूलो दुर्घटना भने हुन पाएन ।

    एयर इन्डियाका एक वरिष्ठ अधिकारीले इन्डिगो ए ३२० विमानले एयर इन्डिया एक्सप्रेसको उडान ७३७ लाई ठक्कर दिएको बताए । 

    एयर इण्डिया एक्सप्रेसका प्रवक्ताले भारतीय समाचार एजेन्सीलाई भनेअनुसार इन्डिगोको पखेटाले ठोक्किएको थियो । ठक्कर लागेपछि उक्त विमानको उडान रोकिएको छ । 

    एयर इन्डिया एक्सप्रेसका एक अधिकारीले भने ‘हामी महानिर्देशनालय र एयरपोर्ट प्राधिकरणलाई अनुसन्धानमा सहयोग गरिरहेका छौं ।’

  • सम्बन्धित विषय:

  • # धावनमार्ग

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij