Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

निगमका महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक, कर्मचारी आन्दोलनमा

निगमका महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक, कर्मचारी आन्दोलनमा

  • 920
    SHARES
  • निगमका महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक, कर्मचारी आन्दोलनमा

    काठमाडौं । नेपाल वायुसेवा निगमका कर्मचारीले निगमलाई निजीकरण गर्ने लागिएको भन्दै महाप्रबन्धक डिम प्रकाश पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । बिहीबार कार्यालय समयमा कार्यालयभित्रै प्रदर्शनमा उत्रेका कर्मचारीले निगमका महाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।

    images

    nigam.jpg

    नियमित कामका लागि कार्यालय पुगेका महापबन्ध पौडेललाई कर्मचारीले काम गर्न रोक लगाएका थिए । सो क्रममा झडप हुने देखिएपछि प्रहरीले सुरक्षा दिएर पौडेललाई कार्यालयबाट फर्काएका थिए । निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन पनि फिर्ता नहुने भन्दै प्रदर्शन जारी राखेका छन् ।

    nigam3.jpg

    उनीहरुले निगमलाई धरासयी बनाएको भन्दै महाप्रबन्धक पौडेलको राजीनामा समेत माग गरेका छन् । ट्रेड युनियनहरूले शान्तिपूर्ण आन्दोलन गर्दा पनि कर्मचारीमाथि बर्बरतापूर्ण ढंगले लाठी चार्ज गरी कर्मचारीलाई घाइते बनाएको आरोप लगाएका छन् । 

    कर्मचारीले निगमको सम्पतिको कम मूल्यांकन गरेको, सम्बन्धित मन्त्रालय तथा आम कर्मचारीलाई छल्दै निगम बेच्ने रणनीति बनाएको तथा गलत उद्देश्य राखी सीमित व्यक्तिको माग पूरा गर्ने राष्ट्रघाती कदम चालिएको आरोप पनि लगाएका छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology