वेबटिभी खबर
रामेछाप । डढेलोले रामेछाप जिल्लाका साढे चार हजार हेक्टर वन सखाप भएको छ । एक महिनाको अवधिमा लागेका १ सय ५५ वटा आगलागीका घटनमा वन सखाप भएका हुन् ।
डढेलोले सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् । यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच, स्थानीय प्रशासनले वनमा आगो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij