कहिले कुन कन्दरामा रोकिन्थें
ॐ माने पेमे हुँ सुनें
ॐ नमोः शिवाय् सुनें
मभित्र
शान्तिको गोरेटोहरू कोरिन थालें
कान्तिको आभाहरु छरिन थालें ।
अतृप्त थिए
मरुथानको काकाकुल झैँ
जीवन मृत्युको धारमा थिएँ
जीवन खोज्दै जङ्गल जङ्गल चाहार्थें
मृत्यु सम्झदै अर्थ बेहोसिमा कराउँथें
बुद्धम् शरणम् गच्छामी सुनें
राधे राधे सुनें हरि ॐ सुनें
मभित्र
शशीका मुलहरू फुट्न थालें
प्रेमका नसाहरुमा खुल्न थालें ।
के छ ॐ माने पेमे हुँ मा
ॐ नमोः शिवायमा
राधे राधेमा
खै कुन जुनिको उपासना थियो यो
ॐभित्र तिमी
माने पेमेभित्र तिमी
राधे राधेभित्र तिमी
प्रेम नै ईश्वर
ईश्वर नै प्रेम ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology