Logo

२०७८, आश्विन ४ गते सोमवार

२०७८, आश्विन ४ गते सोमवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे शिक्षा मन्त्रालयकाे धारणा के हाे ?

इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे शिक्षा मन्त्रालयकाे धारणा के हाे ?

  • 8.9K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबबारे शिक्षा मन्त्रालयकाे धारणा के हाे  ?

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षकलाई एकै किसिमको परिचयपत्र वितरणको सवालमा छलफल गरेर अगाडि बढ्ने जानकारी गराएका छन् ।

    प्रधानाध्यापक रमेशबाबु भट्टराईद्वारा आयोजित बहस कार्यक्रममा बोल्दै परिचयपत्र वितरण एकीकृत रूपमा वा पालिकागत गर्ने भन्नेमा छलफल गरेर अगाडि बढ्ने जानकारी गराएका हुन् । 

    थपलियाले इसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि केन्द्रले पास गरिसकेको बजेट पालिकाले पनि पास गर्नुपर्ने भनाइ राखे । कतिपय पालिकाले बजेट व्यावस्थापन नगरेको अवस्था देखिएको र मन्त्रालयले यस विषयमा सबै पालिकाका प्रशासकीय प्रमुखलाई नीति तथा कार्यक्रम तयार गर्दा केन्द्रीय  बजेटको बुँदाले सुनिश्चत गरेको विषयलाई समावेश गर्न निर्देशित गरिएको जानकारी दिए । 

    ‘केन्द्रले पास गरिसकेको बजेट पालिकाले अनिवार्य दिनैपर्छ । त्यसमा समस्या आए अर्थमन्त्रालयमार्फत सहज गरिन्छ,’ थपलियाले भने । 

    माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छः सोनु मगर, इसीडी शिक्षक माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छः सोनु मगर, इसीडी शिक्षक

    त्यस्तै शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबको सवालमा स्थानीय तहले तलब दिन्न भन्न नपाइने र अनिवार्य व्यावस्थापन गर्नु पर्ने बताए । तलब नदिने स्थानीय तहको नाम मन्त्रालयमा पठाउन आग्रह गर्दे भने, ‘कित केन्द्रीय सरकारले दिएको अनुदान लिन्न भन्नु पर्यो कित तलब व्यावस्थापन गर्नुपर्यो नदिएर सुखै छैन ।’

    कसैले ११ हजार तलब खाएको छ भने त्यसलाई नघटाई ७ हजार थपिने र ५-६ हजार तलब खाएका शिक्षक तथा कर्मचारीको हकमा केन्द्रीय सरकारबाट ८ हजार र स्थानीयतहबाट ७ हजार अनिवार्य गरिएको प्रवक्ता शर्माले बताए ।   

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology