Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

मधेस प्रदेशको तेस्रो मुख्यमन्त्री बने सिंह

मधेस प्रदेशको तेस्रो मुख्यमन्त्री बने सिंह

  • जेठ २५, २०८१ शुक्रवार १३:१४ बजे
  • 134
    SHARES
  • मधेस प्रदेशको तेस्रो मुख्यमन्त्री बने सिंह

    जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतीशकमाुर सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ६ वटा दलका ५५ जना सांसदको समर्थन जुटाएका सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

    नवनियुक्त मुख्यमन्त्री सिंहले आजै साढे १२ बजे सपथ लिने जनाइएको छ । मुख्यमन्त्रीको सपथपछि सत्तागठबन्धन दललाई समेटेर ११ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने तयारी छ । बिहीबार अबेर भएको सहमतिअनुसार अर्थ र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री माओवादीको भागमा परेको छ । 

    एमालेले भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालय, नेकपा एसले भूमि व्यवस्था, कृषि तथा सहकारी र ऊर्जा, सिँचाइ तथा खानेपानी, एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीले श्रम तथा यातायात मन्त्रलय पाउने तय भएको छ । जनमतले मुख्यमन्त्री बाहेक वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि पाउने भएको छ ।

  • सम्बन्धित विषय:

  • # मधेस प्रदेश

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij