Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

एमाले नेताहरू पौडेल र थापाबीच सामाजिक सञ्जालमा भनाभन

एमाले नेताहरू पौडेल र थापाबीच सामाजिक सञ्जालमा भनाभन

  • 1.4K
    SHARES
  • एमाले नेताहरू पौडेल र थापाबीच सामाजिक सञ्जालमा भनाभन

    काठमाडौं । नेकपा एमालेका नेता डा.विजय पौडेल र सूर्य थापाबीच सामाजिक सञ्जाल ट्वीटरमा भनाभन भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका थापा र वरिष्ठ नेता माधव नेपाल पक्षका नेता पौडेलबीच आइतबार राति भएको १० बुँदे सहमतिको विषयलाई लिएर सोमबार भनाभन भएको हो । 

    images

    ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधिसभा सदस्यहरू अब १४६-२३= १२३ । सर्वोच्चद्वारा न परमादेश र पुनर्स्थापना ! मच्चियो मच्चियो । जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’ थापाको यो भनाइप्रति डा.पौडेलले ‘सर्वोच्चले सूर्य थापाको आदेश मान्छ जस्तो !!:’ भनेर प्रतिक्रिया जनाए । 

    डा.पौडेललाई थापाले जवाफ दिए । भने, 'डा.धेरै मर्माहत नहुनु ! प्रचण्डपथमा लामबद्ध भएकाे देखिएकै छ, पार्टी कार्यदलकाे सहमति सर्वाेच्चले नाेटिसमा लिनेछ नै, आँखामा पट्टि बाँधेर भ्रम छर्नुलाई बकबास भन्छन् । मेराे आदेश भनेकाे छु ? राजनीतिक अर्थशास्त्र पढेकाे मान्छेका यस्ता दुराग्रह ? कृत्ये, टिपेष्ट काण्डकाे त काम भएन, हाेइन र !' 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology