Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

  • 156
    SHARES
  • उत्तरी नाइजेरियामा डुंगा पल्टिँदा दुई जनाको मृत्यु , १८ जनाको उद्धार

    एजेन्सी । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुंगा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    जिगावाका प्रहरी प्रवक्ता लावन शिसुले सोमबार पत्रकारहरूलाई भने, ‘करिब २० स्थानीय व्यापारीको समुह बोकेको डुंगा औयो स्थानीय सरकारी क्षेत्रको हडिन गाउँतर्फ जाँदै गर्दा क्वालगाई नदीमा पल्टिएको थियो । त्यस घटनामा कम्तीमा दुई जनाको ज्यान गएको छ भने १८ जनालाई उद्धार गरिएको थियो ।’

    प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै उनले थपे, ‘शक्तिशाली छालहरू र चालकले क्यानो चलाउन नसक्ने र हदसम्म ओभरलोडिङका कारण घटना भएको थियो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij