Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

तेलमा नुहाएर २ हजार बढीले कुस्ती खेले

तेलमा नुहाएर २ हजार बढीले कुस्ती खेले

  • 646
    SHARES
  • तेलमा नुहाएर २ हजार बढीले कुस्ती खेले

    अन्कारा । टर्कीको एडिर्नमा एक रेस्लिङ खेल भएको छ । यसमा २ हजार १ सय ६० रेस्लर्स सहभागी भएका थिए । यसको खास विशेषता भनेको खेलाडीहरु १३ किलो तौलको छालाको ट्राउजरसहित तेलमा नुहाएर मैदानमा उत्रिन्छन् ।

    images

    यो आयल रेस्लिङ टर्कीको राष्ट्रिय खेल हो । यसभन्दा अगाडि १३ औं शताब्दिमा यो खेल भएको थियो । यस वर्ष ६६० औं वर्षगाँठको उपलक्ष्यमा पुनः यस्तो रेस्लिङ गरिएको हो । 

    यस खेलको आयोजना जुनको अन्त्यतिर र जुलाईको सुरुवातमा हुन्छ । यसका लागि मानिसहरु महिनौंदेखि तयारी गर्छन् । कुस्तीका क्रममा चिकित्सकहरुको टिम पनि तैनाथ गरिन्छ । यस वर्ष पनि यो खेल धुमधामले मनाइएको छ । खेल हेर्नका लागि हजारौं व्यक्ति जम्मा भएका थिए । खेल जित्ने व्यक्तिलाई गोल्डेन बेल्ट दिइन्छ । 

    सुरुमा ४० मिनेटसम्म हुने रेस्लिङ सन् १९७५ यता समय घटाएर ३० मिनेट बनाइएको छ । ३० मिनेटमा खेल जित्न कसैले नसके १५ मिनेट थपिनेछ । 

    राष्ट्रिय फेस्टिभलको माध्यामबाट ३ दिनदेखि २ हजार खेलाडी सहभागी भएको खेलमा ४२ वर्षका अली गुरबेजले इस्माइललाई हराउँदै गोल्डेन बेल्ट जिते । उनको यो लगातार दोस्रो जित हो । यस खेलको प्रसिद्धि र ऐतिहासिक महत्वका कारण सन् २०१० मा युनेस्कोले कल्चरल हेरिटेजको सूचीमा समावेश गरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology