Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बागलुङमा २८० किलोको विशाल दमाहा बनाइयाे

बागलुङमा २८० किलोको विशाल दमाहा बनाइयाे

  • 992
    SHARES
  • बागलुङमा २८० किलोको विशाल दमाहा बनाइयाे

    बागलुङ । काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, संगीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । 

    images

    अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उनको भनाइ छ ।

    स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । नगरालाई चाहिने भैंसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताए । यहाँ पाइने भैंसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो ।

    नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गरेका थिए । नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । परम्परागत आरान प्रविधिबाट नगरा निर्माण गरिएको कालीगढ रवीलालले बताए । यति ठूलो नगरा बनाउन पाउँदा खुशीको अनुभव भएको उनले सुनाए ।

    अर्को ठूलो नगरा काठमाडौंको हनुमानढोका परिसरमा छ । मल्लकालमा बनेको उक्त नगराको गोलाइ साँढे छ फिट छ । अक्षयकोषद्वारा निर्मित नगरा सात फिट गोलाइको भएकाले ‘देशकै ठूलो’ भनेर दाबी गरिएको हो । नगराको उचाइ भने छ फिटभन्दा केही बढी छ ।

  • सम्बन्धित विषय:

  • # नगरा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology