Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

वैदेशिक रोजगारीमा पठाउने भन्दै १८ लाख ठगी गर्ने एक पक्राउ

वैदेशिक रोजगारीमा पठाउने भन्दै १८ लाख ठगी गर्ने एक पक्राउ

  • 604
    SHARES
  • वैदेशिक रोजगारीमा पठाउने भन्दै १८ लाख ठगी गर्ने एक पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीका लागि पानामा पठाउँछु भन्दै लाखौं रकम ठगी गरी फरार भएको आरोपमा उदयपुर घर भई टोखा बस्दै आएका ३४ वर्षीय लोक बहादुर राउतलाई सामाखुशीबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ ।

    images

    राउतले वैदेशिक रोजगारीको सम्पूर्ण मापदण्ड पूरा गरी पानामा पठाउँछु भन्दै उनले नक्कली ई भिसासमेत बनाएको प्रहरीले जनाएको छ ।

    रोजगारीका लागि पठाउने आश्वासनमा पीडितबाट पटक पटक गरी १८ लाख ३५ हजार रुपैयाँ लिई सम्पर्कविहिन भएका थिए । उनलाई वैदेशिक रोजगारसम्बन्धी ठगी कसूरमा कारवाहीको लागि बैदेशिक रोजगार विभाग, बुद्धनगर पठाईएको उक्त ब्यूरोले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology