Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

झापाको पुँजीगत खर्च ८७ प्रतिशत

  • 153
    SHARES
  • झापाको पुँजीगत खर्च ८७ प्रतिशत

    झापा । गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।

    कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीकाअनुसार जिल्लाको पुँजीगततर्फ पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । ‘चालुतर्फको विनियोजित १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९ खर्च भएको छ,’ प्रमुख भण्डारीले भने ।

    समग्रमा झापामा गत वर्षका लागि विनियोजित बजेटको ९४ दशमलव ६० अर्थात १९ अर्व ८७ करोड ८० लाख १० हजार दुई सय १२ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय झापाले जनाएको छ । यहाँ गत आव २०८०/०८१ म १९ अर्ब ४८ करोड २८ लाख ८६ हजार नौ सय १८ राजश्व संकलन भएको छ । सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाबाट १४ अर्ब २३ करोड १३ लाख ८३ हजार नौ सय ९० रहेको संकलन भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij