Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोनाका कारण विश्वका लाखौं बालबालिका नियमित खोपबाट बञ्चित

कोरोनाका कारण विश्वका लाखौं बालबालिका नियमित खोपबाट बञ्चित

  • 548
    SHARES
  • कोरोनाका कारण विश्वका लाखौं बालबालिका नियमित खोपबाट बञ्चित

    काठमाडौं । संयुक्त राष्ट्र संघले बिहीबार एक चेतावनी दिँदै कोरोना भाइरस महामारीबाट विश्वका लाखौं बालबालिका नियमित खोपबाट बञ्चित भएको बताएको छ । राष्ट्र संघको नयाँ तथ्यांकअनुसार भ्यागुते रोग, धनुषटंकार, लहरे खोकीजस्ता संक्रमणविरुद्ध खोप लगाउन २ करोड ३० लाख बालबालिका बञ्चित भएका हुन् ।

    images

    युएनका अनुसार कोरोना महामारीले विश्वको स्वास्थ्य प्रणाली पूर्णरुपमा प्रभावित बनाएकाले बालबालिकाले खोप लगाउन नपाएका हुन् । विश्व स्वास्थ्य संगठन र युनिसेफले जारी गरेको तथ्यांकअनुसार सन् २०१९ मा खोप लगाउन नपाएका बालबालिकाको संख्या ३७ लाख थियो तर सन् २०२० मा बढेर २ करोड माथि पुग्यो । पछिल्लो एक वर्षमा १ करोड ७० लाख बालबालिकाले एउटा पनि आवश्यक खोप लगाउन नपाएकाे युनिसेफले जनाएकाे छ ।  

    यसमा सबैभन्दा प्रभावित देश भारत, पाकिस्तान, मेक्सिको र माली रहेका छन् । खोपबाट बञ्चित धेरै बालबालिका भारतमा, त्यसपछि पाकिस्तान र इन्डोनेशियामा छन् । संयुक्त राष्ट्र संघका अनुसार यी देशमा बालबालिकालाई बचाउनका लागि तत्कालै कदम चाल्नुपर्ने देखिन्छ ।

    खोपबाट बञ्चित बालबालिकामध्ये अधिकांश द्वन्द्वबाट प्रभावित क्षेत्र, दुर्गम र पिछडिएको समुदायका रहेका छन् । कतिपय अभिभावक अस्पताल गए कोरोना संक्रमण हुन्छ भन्ने डरका कारण पनि खोप लगाउन पछि हटेको राष्ट्र संघले बताएको छ । महामारीले विश्वमै सबैभन्दा बढी दक्षिण एशियाका बालबालिकालाई असर पारेको छ । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology