Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

  • 109
    SHARES
  • संखुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

    संखुवासभा । संखुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्र्चाजमाथि कुटपिट भएको छ । पाँचखपन नगरपालिका-२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज बैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए ।

    शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन-२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए । जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोपित छ ।

    घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले आज इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

    यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् ।यसअघि गत साउन १५ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij